चन्द्रागिरि हिल्सको भ्यालेन्टाइन अफर : १५ हजारमा केबलकारदेखि खानेबस्ने सुविधा, यस्ता छन् प्याकेज

काठमाडौं । चन्द्रागिरि हिल्सले भ्यालेन्टाइन अफर ल्याएको छ । कम्पनीले आउँदै गरेको प्रणय दिवस (भ्यालेन्टाइ डे)लाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

 

कम्पनीले भ्यालेन्टाइन अफर अन्तर्गत भ्यालेन्टाइन स्पेशल, भ्यालेन्टाइन लञ्च र केबलकार टिकटमा छुट गरी ३ वटा प्याकेज ल्याएको छ ।  जसमा स्पेशल भ्यालेन्टाइन अफर अन्तर्गत १४ हजार ९९९ रुपैयाँमा होटलमा खानाबस्ने सुविधा दिने भएको छ ।

 

कम्पनीले उक्त रकममा केबलकारको टिकट (गोण्डलामा २ जना मात्र), क्यान्डल लाइट डिनर, मिनी केक, ब्रेकफास्ट, डिलक्स रुम उपलब्ध गराउने भएको छ । साथै, स्वीमिङ, ज्याकुजी सुविधा, स्पामा १० प्रतिशत छुट दिने चन्द्रागिरि हिल्सले जनाएको छ ।

 

त्यस्तै, कम्पनीले ‘भ्यालेन्टाइन लञ्च’ प्याकेज अन्तर्गत ३ हजार रुपैयाँमा जोडीलाई लञ्च दिने भएको छ । साथै, सोही रकमभित्र केबलकारको टिकट समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

 

त्यस्तै, कम्पनीले केबलकारको टिकटमा जोडीलाई २५ प्रतिशत छुट दिने भएको छ । यी सबै अफर फेब्रुअरी १४ (भ्यालेन्टाइन डे)का दिन मात्र लागू हुने कम्पनीले जनाएको छ ।

 

कम्पनीले काठमाडौंको धार्मिक तथा पर्यटकीय स्थल चन्द्रगिरि डाँडामा गतवर्षदेखि रिसोर्ट संचालन गरिरहेको छ । साथै, कम्पनीले चन्द्रागिरिमा केबलकार, जीपलाइन पनि संचालन गर्दै आएको छ ।

लक्ष्य हासिल नहुने भएपछि सरकारले घटायो बजेटको आकार Read Previous

लक्ष्य हासिल नहुने भएपछि सरकारले घटायो बजेटको आकार

दुई दिनमा कति जनाले भरे इमर्जिङ नेपालको आइपीओ ? Read Next

दुई दिनमा कति जनाले भरे इमर्जिङ नेपालको आइपीओ ?