लक्ष्य हासिल नहुने भएपछि सरकारले घटायो बजेटको आकार

काठमाडौँ । लक्ष्य हासिल नहुने भएपछि सरकारले बजेटको आकार घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँ घटाएका हुन् ।

 

अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । जसमा अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड र पूँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गर्ने लक्ष्य राखिएको छ ।

 

त्यस्तै, अब वित्तीय व्यवस्थातर्फ १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । यसअघि प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो ।

 

फास्ट ट्रयाकमा बन्ने सुरुङको डिजाइन स्वीकृत, फागुनभित्रै खन्न सुरू गरिने Read Previous

फास्ट ट्रयाकमा बन्ने सुरुङको डिजाइन स्वीकृत, फागुनभित्रै खन्न सुरू गरिने

चन्द्रागिरि हिल्सको भ्यालेन्टाइन अफर : १५ हजारमा केबलकारदेखि खानेबस्ने सुविधा, यस्ता छन् प्याकेज Read Next

चन्द्रागिरि हिल्सको भ्यालेन्टाइन अफर : १५ हजारमा केबलकारदेखि खानेबस्ने सुविधा, यस्ता छन् प्याकेज