डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

 

मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल/मट्टितेल ९७ रुपैयाँ र पेट्रोल १०९ रुपैयाँ थियो । एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

 

२०७१ सालको स्वतः सञ्चालित मूल्य संरचना लागू गर्ने अनेपाल सरकार र आयल निगम सञ्चालक समितिको निर्णय पश्चात आयल निगमले पेट्रोलियम पदार्थको २५ पटक मूल्य घटाएको छ भने १८ पटक मूल्य बढ्ने गरि समायोजन गरेको छ।

 

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक २ अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

सनराइज म्युचुअल फण्डलाई १ अर्बको इकाई निष्काशन गर्न अनुमति Read Previous

सनराइज म्युचुअल फण्डलाई १ अर्बको इकाई निष्काशन गर्न अनुमति

राष्ट्र बैंकद्धारा एकीकृत निर्देशिका संशोधन, के–के भयो नयाँ व्यवस्था (पूर्ण पाठसहित) Read Next

राष्ट्र बैंकद्धारा एकीकृत निर्देशिका संशोधन, के–के भयो नयाँ व्यवस्था (पूर्ण पाठसहित)