सनराइज म्युचुअल फण्डलाई १ अर्बको इकाई निष्काशन गर्न अनुमति

काठमाडौं । पूँजी बजारमा म्युचुअल फन्ड थपिने क्रम बढेको छ । यसैक्रममा सनराइज क्यापिटलले ल्याउन लागेको सनराइज म्युचुअल फन्डलाई १ अर्ब रुपैयाँको इकाई निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।

 

यस फन्डलाई प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गर्न बोर्डले स्वीकृति दिएको हो । बोर्डको अनुमतिपाएसँगै क्यापिटलले चाँडै नै इकाई बिक्री खुल्ला गर्ने जनाएको छ ।

 

यो सनराइज क्यापिलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो सामूहिक लगानी कोष हो ।

पूर्वाधार सम्मेलनको तयारी अन्तिम चरणमा, ८५ वटा परियोजना पेश हुने Read Previous

पूर्वाधार सम्मेलनको तयारी अन्तिम चरणमा, ८५ वटा परियोजना पेश हुने

डिजेल र पेट्रोलको मूल्य घट्यो Read Next

डिजेल र पेट्रोलको मूल्य घट्यो