पूर्वाधार सम्मेलनको तयारी अन्तिम चरणमा, ८५ वटा परियोजना पेश हुने

काठमाडौं । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले यहि भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

 

लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदाय समेत सह–आयोजक रहेको पूर्वधार सम्मेलन २०१९ “दिगो विकासका लागि मजबूत पूर्वाधार”को मूल भाव सहित आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।

 

प्रमुख आतिथ्यता एवं मित्रराष्ट्र दक्षिण कोरियाका पूर्व प्रधामन्त्री विशेष अतिथिका रुपमा रहनु हुने उक्त सम्मेलनमा मित्रराष्ट्र भारतका ऊर्जा तथा नविकरणीय ऊर्जा मन्त्रालयका युनियन स्टेट मिनिस्टर राजकुमार सिंह, विश्व बैँकका उपाध्यक्ष जिगदोग ह्वा, एसियाली विकास बैंंकका महानिर्देशक वोचोग युम सहित नेपाल सरकारका वरिष्ठ मन्त्रीहरु र पूर्वाधारका अन्य निजी लगानीकर्ताहरु सम्मिलित हुने कार्यक्रम तय भएको सिएनआइले जनाएको छ ।

 

सम्मेलनको समापनमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रुपमा रहने बताइएको छ ।

 

सम्मेलनमा विश्व बैँक, एसियाली विकास बैँक यूएनडीपी लगायतका संस्था एवं मुलुक भित्रका विभिन्न संस्थाहरु गरी ४० साझेदारको रुपमा छन भने ८० जनाभन्दा बढी विशेषज्ञहरुले प्रमुख वक्ताको रुपमा ५० जनाभन्दा बढी विषयगत व्यक्तिहरु रहने छन् ।

 

यसैगरी सातै प्रदेशका मूख्यमन्त्रीहरुले प्रादेशिक पूर्वाधारका विषयमा विषेश छलफल गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा प्रदेशहरुले आ–आफ्ना प्रदेशका पूर्वाधारमा निजी लगानी ल्याउन ५४ परियोजनाहरु प्रस्तुत् हुने समेत जानकारी गराइएको थियो ।

 

विकास साझेदारका प्रमुखहरु, उपप्रमुखहरुले सो सम्मेलनमा भाग लिने गरी आयोजित दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने छ ।

 

अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नु पर्ने औल्याएको थियो । यसैमा केन्द्रित गरि परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँगको सहकार्यमा बृहत अध्ययन गरेको प्रतिवेदन पूर्वाधार सम्मेलनमा सार्वजनिक हुनेछ ।

 

यो सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ । लगानी सम्मेलनका क्रममा भएका कानुनी सुधारको गतिलाई अघि बढाउन सरकार सहित सबै सरोकारवालाहरुको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने ।

 

सिएनआइका उपाध्यक्ष विष्णु अग्रवालले देशभरीका करिब ८५ वटा परियोजनाहरुका बारेमा पूर्वाधार मेलामा छलफल हुने बताए । त्यस्तै, मेलाका संयोजक विरेन्द्रराज पाण्डेले मेला पूर्वाधार सम्बन्धी देशैभरीबाट प्ररम्भिक रुपमा अध्ययन भइरहेका परियोजनाका बारेमा बहस र छलफल हुने बताए ।

प्रधानमन्त्री ओली र मोदीले आज उद्घाटन गर्दै पेट्रोलियम पाइपलाइन Read Previous

प्रधानमन्त्री ओली र मोदीले आज उद्घाटन गर्दै पेट्रोलियम पाइपलाइन

सनराइज म्युचुअल फण्डलाई १ अर्बको इकाई निष्काशन गर्न अनुमति Read Next

सनराइज म्युचुअल फण्डलाई १ अर्बको इकाई निष्काशन गर्न अनुमति