काठमाडौं । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरीएको हो ।
सो शोरुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण इन्टरप्राइजेजले अब डिशहोम फाइबरनेट विक्री र विक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
१ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको श्री कृष्ण इन्टेरप्राइजेजले अब् अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने कृष्ण इन्टेरप्राइजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।