सरकारले तोक्यो चुनावको मिति, सबै स्थानीय तहमा एकै चरणमा हुने

काठमाडौं । लामो रस्साकस्सीपछि सरकारले स्थानीय तहको चुनावको मिति तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

 

सरकारले सबै स्थानीय तहको चुनाव एकैचरणमा गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले जेठ पहिलो साता चुनाव गर्न सिफारिस गरेको थियो । सोपश्चात् आयोगका पदाधिकारी बीच छलफल गरेर सरकारले वैशाख अन्तिममा निर्वाचनको मिति तोकेको हो ।

 

यसअघि २०७४ सालमा भएको स्थानीय तहको चुनाव तीन चरणमा सम्पन्न भएको थियो । सो बेला वैशाख ३१, असार १४ र असोज २ गते चुनाव भएको थियो ।

 

राजनीतिक दलबीच संविधान र कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाई र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदैआएको थियो ।

 

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।

धनगढीमा डिशहोम फाइबरनेटको सह-वितरक शाोरुम उद्घाटन Read Previous

धनगढीमा डिशहोम फाइबरनेटको सह-वितरक शाोरुम उद्घाटन

जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा ५६ गुणा बढी आवेदन, कतिले भरे ? Read Next

जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा ५६ गुणा बढी आवेदन, कतिले भरे ?