जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा ५६ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सयेर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ । शुक्रबारदेखि आवेदन  खुला गरेको कम्पनीको आइपीओमा चार दिनमा ५६.१८ गुणा आवेदन परेको हो ।

 

सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा २२ लाख २६ हजार ९६९ जनाले २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५६.१८ गुणा बढी हो ।

 

लघुवित्तले माघ २१ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर विक्रीमा ल्याएको छ । निष्कातशत कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

हाल १० करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि १६ करोड पुग्नेछ।

सरकारले तोक्यो चुनावको मिति, सबै स्थानीय तहमा एकै चरणमा हुने Read Previous

सरकारले तोक्यो चुनावको मिति, सबै स्थानीय तहमा एकै चरणमा हुने

फागुन ४ देखि राष्ट्र उत्थान लघुवित्तको आइपीओ आउने Read Next

फागुन ४ देखि राष्ट्र उत्थान लघुवित्तको आइपीओ आउने