काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गतेदेखि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन हुने कुल सेयरमध्ये ०.५ प्रतिशत (१३ हजार कित्ता ) संस्थाका कर्मचारी र ५ प्रतिशत (४२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम जोखिम रहेको संकेत गर्दछ।आयोजना निर्माण गरिरहेको छ ।
हाल १७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ वितरणपछि २६ करोड पुग्नेछ।