जगदम्बाले तेस्रो मुलुकमा स्टील निर्यात थाल्यो

काठमाडौं । देशकै ठूलो मध्येको स्टिल उत्पादक कम्पनी जगदम्बाले स्टील निर्यात सुरु गरेको छ । जगदम्बा स्टीलले उत्पादन गरेको ‘कलर कोटेड कोइल्स तथा शिट’ निर्यात सुरु गरेको हो ।

 

कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख भएअनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु र दक्षिण अफ्रिकामा उच्च माग रहेको छ ।

 

उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता हाम्रो प्रथम प्राथमिकता रहेको बताउँदै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘गुणस्तरको सुनिश्चि भएको अत्याधुनिक प्लान्टबाट उत्पादन हुने हाम्रा उत्पादन नेपाली उपाभोक्ताको माझ सफल भएसँगै निर्यातको बाटो खुल्ला भएको हो ।’

 

तेस्रो देश निर्यात थालनीको विषयमा बोल्दै अग्रवाल भन्छन्, ‘निर्यात सुरु भएसँगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता हुन्छौ ।’

क्लास्सिक टेकले ल्यायाे 'रिनुअल सापटी' स्कीम  Read Previous

क्लास्सिक टेकले ल्यायाे 'रिनुअल सापटी' स्कीम 

अध्ययन भन्छ : बैंकहरु प्रतिफल दिने दबाबमा पर्दा तरलता अभाव, नियामक पनि दोषी Read Next

अध्ययन भन्छ : बैंकहरु प्रतिफल दिने दबाबमा पर्दा तरलता अभाव, नियामक पनि दोषी