क्लास्सिक टेकले ल्यायाे ‘रिनुअल सापटी’ स्कीम 

क्लास्सिक टेकले ‘रिनुअल सापटी’ स्कीम  ल्याएको को छ । याे स्कीम अन्तर्गत ग्राहकले क्लास्सिक टेकएप मार्फत एक क्लीकमा ७ दिनका लागि रिचार्ज सापटी लिन सक्ने भएको छ । याे सात दिनने सापटि सुबिधा नेपालमानै पहिलो पटक हो । क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा १ दिन देखि ७ दिन सम्म रिनुअल सापटी लिन मिल्ने छ।

ग्राहकले यो सुबिधा लिन को लागी आफ्नो क्लास्सिक टेक एपमा लगइन गरेर कस्टुमर पाेर्टलमामा गएर सँचालन गर्न सकिन्छ। याे याेजना ल्याउनुमा  कम्पनीको मुख्य उदेश्य देशका बिकशित सहर देखि दुर्गम ग्रामीण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यो बिषेश अफर कम्पनीले आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको हो र भविष्यमा पनि कम्पनीले कस्टुमर सर्भिसलाई मध्य नजर राखेर थप सुबिधाहरु ल्याउने छ।

 

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी संचालन भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ  सेवा दिदैं आएको छ। याे याेजना बारेमा थप जानकारी लीन क्लास्सिक टेक को वेवसाइट अथवा फेसबुक मार्फत प्राप्त गर्न सकिनेछ ।

जल यातायात संचालन गर्न ४ ठूला नदीमा काम अघि बढ्दै Read Previous

जल यातायात संचालन गर्न ४ ठूला नदीमा काम अघि बढ्दै

जगदम्बाले तेस्रो मुलुकमा स्टील निर्यात थाल्यो Read Next

जगदम्बाले तेस्रो मुलुकमा स्टील निर्यात थाल्यो