प्रभु बैंकको नयाँ शाखा सुनसरीको कालाबञ्जरमा सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो प्रभुको १९५ औं शाखा कार्यालय हो ।

 

नयाँ शाखा कार्यालयको समुद्घाटन एक समारोहकाबीच बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरेका हुन् ।

 

यस शाखा कार्यालयबाट बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

बैंकले हाल देशभरका १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १५२ एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

डिशहोमको ‘फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरी’ योजना सार्वजनिक Read Previous

डिशहोमको ‘फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरी’ योजना सार्वजनिक

लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको चापागाउँमा Read Next

लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको चापागाउँमा