डिशहोमको ‘फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरी’ योजना सार्वजनिक

काठमाडौं । डिशहोमको ‘फन्ड ट्रान्सफरबाट रिचार्ज गरि खुसी वर्षभरि’ योजना सार्वजनिक भएको छ । ३ महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारी छुटसहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

 

अनलाईनमार्फत् सजिलै ग्राहकको सेटटप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत् ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ ।

 

कम्पनीका अनुसार ३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफूलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिनेछ ।

 

वार्षिक रिचार्ज गर्दा पहिले ४२०० को बेसिक प्याकेज ३६०० मा, ४८०० को मिडियम प्याकेज ४२०० मा, ५१०० को वेसिक प्लस ४५०० मा हेर्न सकिनेछ । यस्तै, ५७०० को मिडियम प्लस ४९९८ मा, ६००० को सुपर एचडी ४९९९, ७२०० को प्रिमियम एचडी  ५७९९ मा र  १०८०० को लाईफस्टाईल एचडी  ८४०० मै उपलब्ध हुनेछ ।

 

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध छ ।

रोकिएन बजार घट्ने क्रम, लगानीकर्ताको मनोबल खस्कँदो Read Previous

रोकिएन बजार घट्ने क्रम, लगानीकर्ताको मनोबल खस्कँदो

प्रभु बैंकको नयाँ शाखा सुनसरीको कालाबञ्जरमा सञ्चालन Read Next

प्रभु बैंकको नयाँ शाखा सुनसरीको कालाबञ्जरमा सञ्चालन