काठमाडौं । सानिमा बैंकले सोमबार एकैदिन तीन वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा नयाँ शाखा खोली बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर श्रीमती चन्द्रकुमारी पुनले गरिन् । त्यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले गरे ।
बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२२ कार्यालय र १०२ वटा एटीएम संचालनमा रहेका छन् ।