टाटाको स्वामित्वमा आएसँगै एयर इन्डियाले बनायो विश्वका १५ गन्तव्यमा उडान योजना

काठमाडौं । टाटा समूहले औपचारिक रूपमा स्वामित्व आफ्नो हातमा ल्याएसँगै एयर इण्डियाले गन्तव्य विस्तारको योजना बनाएको छ ।

 

कम्पनीले अब केही समयमै अमेरिका र युरोपका विभिन्न १५ गन्तव्यमा व्यावसायिक उडान गर्ने योजना बनाएको हो । सुरुमा अमेरिकाका ५ र युरोपको १० वटा गन्तव्यमा उडान गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

 

एयर इन्डिया ७० वर्षपछि पुनः आफ्नो स्वामित्वमा आएसँगै एयर इण्डियाको सेवा आरामदायी र सर्वप्रिय बनाउने टाटाका अध्यक्ष रतन टाटाले बताएका छन् ।

 

उनले ट्‍वीटर ह्याण्डलमा १८ सेकेण्डको स्वागत मन्तव्य राख्दै यस्तो बताएका हुन् । उनले एयर इण्डियाका यात्रुहरुलाई सम्बोधन गर्दै उक्त मन्तव्य राखेका हुन्।

 

हाल कम्पनीसँग भएको ८० प्रतिशत जहाज उडानयोग्य छ । मर्मत सम्भार गर्नुपर्ने प्रत्येक एयरबसको वाइडबडी जहाजका लागि ३ लाख अमेरिकी डलर लागत रहेको जनाइएको छ।

 

निरन्तर घाटामा गएपछि भारत सरकारले लिलामी मार्फत एन्डियन एलरलाइन्सको स्वामित्व बेचेको हो । लिलामीम टाटा समूहले २ अर्ब ४० करोड अमेरिकी डलर (करिब २ खर्ब ८८ अर्ब रुपैयाँ) कबोल्दै एयर इन्डियाको स्वामित्व आफ्नो हातमा पारेको थियो ।

सानिमा बैंकले एकैदिन खोल्यो ३ नयाँ शाखा Read Previous

सानिमा बैंकले एकैदिन खोल्यो ३ नयाँ शाखा

पश्चिमी वायुको प्रभावले हवाई क्षेत्र  प्रभावित हुनसक्ने, यस्तो छ ३ दिनको पूर्वानुमान Read Next

पश्चिमी वायुको प्रभावले हवाई क्षेत्र प्रभावित हुनसक्ने, यस्तो छ ३ दिनको पूर्वानुमान