आगामी वर्ष भारतले थप ८० लाख घर बनाउने

काठमाडौं । भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक वर्षमा ८० लाख घर बनाइने घोषणा गरिएको छ ।

 

अर्थमन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको बजेटमा ८० लाख घर बनाइने उल्लेख गरिएको हो ।

 

प्रधानमन्त्री आवास योजनाका लक्षित व्यक्तिहरुको पहिचान गरी उनीहरु लाभान्वित हुनेगरी घर हस्तान्तरण गरिने उनले जानकारी दिइन् । यस्ता घर ग्रामिण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिने बजेट भाषणमा उल्लेख छ ।

 

ती घर निर्माणका लागि अर्थमन्त्री सितारमणले ४८ हजार करोड बजेट छुट्याएको जानकारी दिइन् ।

अझै यी ८ लघुवित्तको लाभांश घोषणा हुन बाँकी Read Previous

अझै यी ८ लघुवित्तको लाभांश घोषणा हुन बाँकी

सानिमा बैंकले एकैदिन खोल्यो ३ नयाँ शाखा Read Next

सानिमा बैंकले एकैदिन खोल्यो ३ नयाँ शाखा