काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्तमध्ये ८ लघुवित्तले अझै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।
हालसम्म सूचीकृत ४२ लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् छन भने ४१ वटाले साधरण सभाबाट पारित समेत गरिसकेका छन् । बाँकी ८ लघुवित्तले भने अहिलेसम्म लाभांश घोषणा गरिसकेका छैनन् ।
हालसम्म लाभांश घोषणा गर्न बाँकी लघुवित्तहरुमा जीवन विकास, आरम्भ चौतारी, मानुषी लघुवित्त, ग्रामीण विकास, समाज लघुवित्त, घोडाघोडी, विन नेपाल र नयाँ सारथी लघुवित्त रहेका छन् ।
लाभांश घोषणा गरेका लघुवित्तमध्ये सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाले गरेको छ । महिलाले गत आवको मुनाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।