२० तलासम्म आगो निभाउने दमकल ल्याउँदै काठमाडौं महानगर, कति पर्छ मूल्य ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले २० तलासम्मको आगो निभाउन सक्ने दमकल खरिद गर्ने भएको छ । महानगरले ८ करोड रुपैयाँ लगानीमा ३ वटा दमकल ल्याउन लागेको हो ।एउटा दमकलको मूल्य साढे २ करोड माथि पर्ने जनाइएको छ ।

 

सो दमकल जिगलर कम्पनीको सहकार्यमा इन्डोनेसियाबाट ल्याउन लागेको हो । ३ हजार लिटर पानी ट्याङकरको क्षमता भएको यस दमकलमा ५०० मिटर क्षमताको फम रहेको छ । यो फम ६० मिटरसम्म हाल्न सकिन्छ ।

 

उक्त दमकल वैशाखसम्ममा नेपाल आइसक्ने काठमाडौं महानगरपालिकाका एक कर्मचरीले बताए । उनका अनुसार यस दमकलले एकै पटक ४ वटा आउटलेटबाट पानीको फोहोरा फ्याक्ने छ । जसले गर्दा एकै पटक ४ ठाउँमा पानी पुराउन सकिनेछ ।

 

यो यूरोपीयन स्टार्डडको भएकाले इको फ्रेण्डली भएको उनले बताए । हाल काठमाडौं महानगरपालिकासँग ४ वटा दमकल रहेका छन् । सो दकमल २० वर्षभन्दा पनि पुराना रहेको श्रोतले जनाएको छ ।

 

दार्चुलामा ४ किमी सडकको ट्र्याक खोल्ने जिम्मा सेनालाई Read Previous

दार्चुलामा ४ किमी सडकको ट्र्याक खोल्ने जिम्मा सेनालाई

महासंघ अध्यक्ष र राजदूत आचार्य बीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकता Read Next

महासंघ अध्यक्ष र राजदूत आचार्य बीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकता