लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई जरिवाना

काठमाडौं । बीमा समितिले तोकिएकै समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ वटा बीमा कम्पनीहरूलाई जरिवाना तिराएको छ ।

 

समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समय सीमाभित्र आर्थिक वर्ष २०७६/७७ मा गरेको बीमा व्यवसायको लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेको हो ।

 

बीमा ऐन अनुसार बीमा कम्पनीहरुले हरेक आर्थिक वर्ष सकिएको १० महिना भित्र लेखापरीक्षण गराई सोको प्रतिवेदन समितिमा बुझाउनु पर्ने व्यवस्था छ ।

 

जरिवानामा परेका बीमा कम्पनीहरुमा राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।

अजोड इन्स्योरेन्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था Read Previous

अजोड इन्स्योरेन्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था

आगलागीपछि तंग्रिँदै मुलुककै जेठो बिस्कुट उद्योग नेबिको, ६ नयाँ प्रोडक्ट ल्याउँदै Read Next

आगलागीपछि तंग्रिँदै मुलुककै जेठो बिस्कुट उद्योग नेबिको, ६ नयाँ प्रोडक्ट ल्याउँदै