अजोड इन्स्योरेन्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । अजोड इन्स्योरेन्सको खुद नाफामा झिनो सुधार भएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५७ लाख रुपैयाँ बढी हो। गत वर्षको दोस्रो त्रैमासमा ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले ऋण लगानी तथा अन्य स्रोतबाट ४ करोड ९५ लाख रुपैयाँ र व्यवस्था फिर्ताबाट ४२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २ करोडले बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीले ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

 

हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ संचित छ । यस्तै, महाविपत्ती कोषमा १ करोड ७ लाख रुपैयाँ र बीमा कोषमा १३ करोड ५३ लाख रुपैयाँ रहेको छ।

 

पुस मसान्तसम्म इन्स्योरेन्सले २ हजार ७३६ दाबीबापत ३५ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ५ हजार ७४४ दाबीबापत १ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ८०.४५ गुणा रहेको छ ।

इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ विक्री गर्ने Read Previous

इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ विक्री गर्ने

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई जरिवाना Read Next

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई जरिवाना