इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ विक्री गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये ११ हजार ११२ कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र २७ हजार ७८० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५ लाख १६ हजार ८०७ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम रहेको जनाउँदछ ।

 

हाल ५० करोड ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ विक्रीपछि ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।

'सिमेन्ट उद्योगीमाथि भ्रष्टाचार मुद्दा लगाएर निजी क्षेत्रलाई हतोत्साही गरियो' Read Previous

'सिमेन्ट उद्योगीमाथि भ्रष्टाचार मुद्दा लगाएर निजी क्षेत्रलाई हतोत्साही गरियो'

अजोड इन्स्योरेन्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था Read Next

अजोड इन्स्योरेन्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था