काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले द बिग अफर सबै सित्तैमा योजना ल्याएको छ । ग्राहकका लागि उच्च र छरितो सेवा प्रदान गर्ने उद्देश्यले यो अफर ल्याएको कम्पनीले जनाएको छ।
यस योजना अन्तर्गत सेवाग्राहीले भारी छुट, बोनस सँगै ५ गिगाहर्जको राउटर सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले सार्वजनिक गरेको योजना अन्तर्गत ग्राहकले १५ प्रतिशत छुट, ६ महिना बोनस (३ महिना इन्टरनेट र ३ महिना इन्टरनेट प्रोटोकल टीभी) र ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर प्राप्त गर्न सक्ने जनाएको छ।
कम्पनीले आफ्ना ग्राहकलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध गरेको छ। फाइबरमा विस्तार हुन चाहने ग्राहकका लागि कम्पनीले स्मार्ट इन्सटलेसन टीमलाई परिचालन गरेको छ। कम्पनीका अनुसार यो टीमले ग्राहकको घरैमा गएर निःशुल्क डुअल ब्याण्डको राउटर जडान गरिदिनेछन्।
राउटरबाट फाइबरमा विस्तार गर्दाको प्रकृया जटिल हुने भएका कारण कम्पनीले दक्ष प्राविधिक समूह परिचालन गरेको जनाएको छ।ग्राहक आफैंले फाइबर विस्तार गर्रेको अवस्थामा बेण्ड भइ इन्टरनेट स्लो हुनका साथै अप्टीकल लस, बफरिङ लगायत समस्या आउन सक्ने कम्पनीले जनाएको छ।
उच्च गतिको स्पीडमार्फत ग्राहकको इन्टरनेट अनुभव थप उल्लेख्य हुने कम्पनीको दाबी छ। ग्राहकलाई अनलाइन क्लास, गेमिङ, डाउनलोड , भिडियो कल लगायत सेवामा सुधार आउने कम्पनीले जनाएको छ।
सन् २००९बाट सेवा सुरु गरेको कम्पनीले १२ वर्षको अवधिमा ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा दिँदै आएको छ।