क्रिप्टोकरेन्सी नेपाली अर्थतन्त्रका लागि ‘घातक’ कि ‘अवसर’ पनि बन्न सक्छ ?

काठमाडौं । अहिले नेपाली वित्तीय क्षेत्रमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा)को चर्चा चुलिएको छ । गत साता अवैध रूपमा विदेशी मुद्राको कारोबारमा संलग्न आरोप ४ जनालाई ३७ करोड बिगोसहित मुद्दा दायर भएपछि एकाएक यसको चर्चा चुलिएको हो ।

 

गत मंगलबार राजस्व अनुसन्धान विभागले कैलालीका दिनेश खड्कासहित ४ जना विरुद्ध क्रिप्टोकरेन्सीको गैरकानुनी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

 

सन् २०१० मा प्रति बिटक्वाइनको मूल्य ६ सेन्ट (०.०६ डलर अर्थात् करिब ७ रुपैयाँ) रहेकोमा सन् २०२१ मा बढेर ६६ हजार डलर (करिब ८० लाख) रुपैयाँसम्म पुगेको थियो ।

 

यसअघि पनि नेपालबाट क्रिटोकरेन्सीको अवैध कारोबार भइराखेको भए पनि त्यसमा संलग्न पक्राउ परेका थिएनन् । नेपाल राष्ट्र बैंकले बारम्बार क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताए पनि लुकिछिपी कारोबार भइरहेको थियो ।

 

तर, खड्काले आफ्नो र आफन्तको बैंक खातामार्फत ३७ करोडको कारोबार गरेको भेटिएपछि यसले वित्तीय क्षेत्र नै तरंगित बनाएको छ । एकीन तथ्यांक नभए पनि अहिले ठूलो संख्यामा नेपालीहरू क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको बताइन्छ । नेपालमै रहेका र वैदेशिक रोजगारीमा गएका नेपालीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेका छन् ।

 

सेयर बजारमा जस्तै क्रिप्टोको भाउ बढ्ने/घट्ने हुँदा नेपालीहरू पनि यसप्रति आकर्षित भएको पाइन्छ । सन् २००९ देखि बिट्क्वाइन मार्फत चर्चामा आएको क्रिप्टोकरेन्सीको प्रयोग अहिले विश्वभरी निकै बढेको छ । सन् २०१० मा प्रति बिटक्वाइनको मूल्य ६ सेन्ट (०.०६ डलर अर्थात् करिब ७ रुपैयाँ) रहेकोमा सन् २०२१ मा बढेर ६६ हजार डलर (करिब ८० लाख) रुपैयाँसम्म पुगेको थियो । यद्यपि, हालभने सो मूल्य झन्डै आधाले घटेर ३७ हजार डलर हाराहारीम रहेको छ ।

 

एक दशकमै बिटक्वाइनको मूल्य हजारौं गुणाले बढेपछि विश्वभर यसप्रतिको आकर्षण बढ्दो छ । विश्वका केही देशले क्रिप्टाकरेन्सीलाई आधिकारिक मुद्राको मान्यता समेत दिइसकेका छन् भने केही देशले दिने तयारी गरिरहेका छन् । मध्यअमेरिकी मुलुक एल सल्भाडोर बिटक्वाइन मान्यता दिइसकेको छ ।

 

यस्तै, विश्वका ठूला अर्थतन्त्र भएका चीन, भारत लगायत देशले भने यसको कारोबारमा प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धका बाबजूद ती देशमा पनि क्रिप्टोकरेन्सीको कारोबार फस्टाइरहेको विभिन्न अध्ययनहरूले देखाएको छ ।

 

नेपालमा पनि क्रिप्टोकरेन्सीको कारोबार फस्टाइरहेको पछिल्ला घटनाहरूले पुष्टि गरेको छ । राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी क्रियाकलाप बढेको भन्दै यस्तो कार्यमा संलग्न रहे काबाही गर्ने चेतावनी दिँदै आएका छन् ।

 

क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न, जोसियल, क्राउड वान, सोले म्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध हुन प्रोत्साहन गर्ने गराउने कार्य बढेको राष्ट्र बैंकको भनाइ छ । सोही कुरालाई मध्येनजर गर्दै राष्ट्र बैंकले त्यस्ता करोबारमा संलग्न रहेको पाइएमा कानून बमोजिम कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालमा पछिल्लो चरणमा क्रिप्टोको कारोबार निकै बढेको भन्दै कारोबार नगर्न आग्रह गरेका छन् ।

 

गत वर्ष कोरोना महामारीका कारण लकडाउनको अवस्थामा पनि रेमिट्यान्स बढ्नु र चालु आवमा विदेश जाने बढे पनि रेमिट्यान्स घट्नुले क्रिप्टोकरेन्सीको कारोबार बढेको हुनसक्ने थप आशंका गरिएको छ । केही देशले आम्दानीको स्रोत बनाइरहेका छन् भने केहीले प्रतिबन्ध लगाएका छन् । नेपालको अर्थतन्त्रका लागि चाहिँ क्रिप्टो घातक वा अवसर के बन्न सक्छ त ?

 

अर्थतन्त्रका लागि चुनौती

 

क्रिप्टोकरेन्सीको कारोबारले स्वदेशी मुद्रा विदेशीने जोखिम भएकाले अर्थतन्त्रका लागि चुनौती भएको अधिकारीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणकर भट्ट नेपालमा क्रिप्टोकरेन्सीको कारोबारले मानिसको पैसा डुब्ने र रेमिट्यान्स समेत प्रभावित हुने जोखिम रहेको बताउँछन् ।

 

‘प्रलोभनमा परेर क्रिप्टोकरेन्सीको कारोबारले धेरै पैसा कमाउन सकिन्छ भन्ने मानसिकताले मान्छेको बजेट डुब्ने जोखिम देखिएको छ,’ उनले भने, ‘अर्को वैदेशिक रोजगारीमा गएका मानिसले घर परिवारको अधारभूत आवश्यकता पूर्तिको लागि पैसा पठाउनुपर्नेमा यस्ता प्रकारका क्रिप्टोकरेन्सी तर्फ फस्दा रेमिट्यान्सलाई समेत प्रभावित गर्नसक्न सक्छ ।’

 

‘आफ्नो कन्ट्रोल मेकानीजम् र मोनिटरीङ मार्फत सबै कुराको रिपोर्टिङ र कन्ट्रोल गर्न सकियोस् भन्ने सरकारको स्वार्थ हुन्छ । तर, क्रिप्टोकरेन्सी डिसेन्ट्रलाइज वातावरणमा ब्लक्चेन प्रविधिबाट चल्छ । त्यसैले यसलाई आफ्नो नियन्त्रमा ल्याउन नसक्ने चुनौती छ,’

 

नेपालमा क्रिप्टो करेन्सीको कारोबारलाई कानुनी रूपमा प्रतिबन्ध लगाएको छ । हाल छिमेकी मुलुक चीन,बंगलादेश,ओमान,कतार,इराक, बहराइन लगायतका देशहरूले क्रिप्टोकरेन्सीको कारोबारमा पूर्णरूपमा रोक लगाएका छन् ।

 

तर, नेपालमा मात्रै नभएर संसारभरी नै यसलाई कानुनी मान्यता दिनुपर्छ भन्ने कुरा उठ्ने गरेको छ । कतिपय देशहरूले क्रिप्टो करेन्सीको कारोबारलाई कानुनी मान्यता समेत दिएका छन् । क्रिप्टोकरेन्सीको नियमन वा नियन्त्रण गर्ने कुनै बैंक वा निकाय भने छैन् । यो एक भचूअल मुद्रा भएकाले अनलाइनमै सीमित हुन्छ ।यसको नियमन तथा नियन्त्रण गर्ने कुनै निकाय नभएका कारण अर्थतन्त्रमा चुनौती थपिएको जानकारहरूको भनाइ छ । बैंकर तथा नेपाल इन्टरनेट फाउन्डेसन्का अध्यक्ष विक्रम श्रेष्ठ क्रिप्टोकरेन्सीको कारोबारले नेपालको मुद्रा विदेशीने सम्भावना बढ्ने जोखिम रहेको बताउँछन् ।

 

‘अहिले नेपालबाट विदेशीने प्रतिव्यक्तिले १५०० डलरसम्म लिएर जान पाउने राष्ट्र बैंकको व्यवस्था छ, त्यो भनेको उसले नेपाली मुद्रा विदेशिन नदिन नियन्त्रण गरेको हो,’ उनले चाणक्य पोष्टसँग भने,‘तर क्रिप्टोकरेन्सीको कारोबारले कन्ट्रोलै गर्न नसकिने माध्यमबाट नेपाली रुपैयाँ बाहिर जान्छ भन्ने जोखिम हो ।’

 

संसारभरी नै क्रिप्टोकरेन्सीको नियमन गर्ने कुनै निकाय वा बैंक भने छैन् । विश्वभरी कम्प्युटरहरूमा राखिएको विद्युतिय रेकर्डको आधारमा यस्तो कारोबारको संञ्चालन हुन्छ । ब्लेकचेन प्रविधिमा आधारीत क्रिप्टोकरेन्सी डिसेन्ट्रलाइज वातावरणबाट चल्छ । जसको कारण यसलाई नियमनमा ल्याउने चुनौती रहेको श्रेष्ठले बताए ।

 

‘आफ्नो कन्ट्रोल मेकानीजम् र मोनिटरीङ मार्फत सबै कुराको रिपोर्टिङ र कन्ट्रोल गर्न सकियोस् भन्ने सरकारको स्वार्थ हुन्छ । तर, क्रिप्टोकरेन्सी डिसेन्ट्रलाइज वातावरणमा ब्लक्चेन प्रविधिबाट चल्छ । त्यसैले यसलाई आफ्नो नियन्त्रमा ल्याउन नसक्ने चुनौती छ,’ उनले भने ।

 

नेपालका लागि अवसर कसरी ?

 

प्रविधिको विकास र नियमन गर्ने संयन्त्र भए नेपाल जस्ता देशहरूको लागि क्रिप्टोकरेन्सी चुनौती मात्रै नभएर अर्थतन्त्रको राम्रो अवसर बन्न सक्ने जानकारहरू बताउँछन् ।

 

उनीहरूका अनुसार क्रिप्टोकरेन्सी माइनिङको लागि पर्याप्त इनर्जी आवश्यक पर्छ । त्यसको लागि नेपालको वातावरण सुहाउँदो रहेको छ । नेपालमा सुरक्षित र माइनिङको प्रक्रियामा अझ पोटेन्सीयल वातावरण भएकाले अर्थतन्त्रका लागि अवसर पनि बन्न सक्ने श्रेष्ठ बताउँछन् ।

 

‘नेपाल जस्ता बढी कुलिङ भएको ठाउँमा माइनिङ प्रणालीको विकास गर्न सके यो देशको अर्थतन्त्रलाई बढवा दिन्छ,’ उनी भन्छन्, ‘तर हाम्रो जस्ता देशहरूको सोच त्यहाँसम्म नपुगेका कारण बन्देज गरिरहेका छौँ ।’कन्ट्रोल मेकानिज्म, मनिटरिङ र जोखिमको हिसाबले हेरेर नीतिगत रूपमा अघिबढ्न सके नेपालको अर्थतन्त्रमा टेवा पुग्नसक्ने उनको बुझाइ छ ।

 

‘प्रविधि तथा आविस्कार पहिले हुन्छ, त्यसलाई कानुन र नीतिले पछ्याउँदै जान्छ । अब रोक्ने भन्दा पनि कसरी आफ्नो कन्ट्रोलमा ल्याएर कानुनी वातावरण बनाउन सकिन्छ त्यसतर्फ ध्यान जानुपर्छ,’ उनले भने ।

 

हाल नेपालले भिसा, माष्टर कार्ड इन्टरनेशनल करेन्सीमा इस्यु गर्ने गरेको छ । जसको कारण यस्ता उपकरणहरूको कष्ट अफ फन्ड (लागत) महंगो हुन जान्छ । तर, क्रिप्टोकरेन्सी कुनै सिष्टममा बस्नु नपर्ने भएकाले यसको अपरेटिङ कष्ट कम हुने भएकाले यसलाई नेपाल जस्ता देशहरूले अवसरको रूपमा लिनसक्ने उनले बताए ।

 

पछिल्लो चरणमा विकसित देशहरूले क्रिप्टोकरेन्सीलाई आफ्नो सरकारको कन्ट्रोलमा ल्याउनको लागि पूर्वाधार र प्रविधिको विकास गरेर कानुनी बनाउँदै अघि बढेको उनले बताए । तर, नेपाल जस्तो देशमा आफ्नो कन्ट्रोलमै नहुने भएकाले कारोबार बढेको देखिन्छ ।

 

हालसम्म विश्वमा एउटा मात्रै नभएर बिट्क्वाइन्,रिभेल,ड्यासक्वायन् जस्ता करेन्सी दर्जनौँ बजारमा आइसकेका छन् । यसका साथै क्रिप्टोकरेन्सीका एक्सचेन्ज हाउस पनि बढ्दै गएका छन् ।

 

नेप्से दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने ११ कम्पनी Read Previous

नेप्से दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने ११ कम्पनी

क्लासिक टेकको बिग अफर, नगद छुटदेखि राउटरसम्म सित्तैमा Read Next

क्लासिक टेकको बिग अफर, नगद छुटदेखि राउटरसम्म सित्तैमा