नेप्से दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने ११ कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । आइतबार एकैदिन १०५ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १५ करोडले घटेर ५ अर्बमा सीमित भएको छ ।

 

सोमबार नेप्से १४.४८ अंकले घटेर २८७१.०५ विन्दुमा आइपुगेको छ । आज २२५ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँ बराबरको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै २.१८ प्रतिशतले बढेको छ भने विकास बैंक समूह सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २२५ कम्पनीमध्ये जम्मा ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज एचआइडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको ५७ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपर तामाकोशी साढे ३१ करोड र नेपाल टेलिकम ३१ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स र वीन नेपाल लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, बुद्धभूमि नेपालका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ८.९७, एचआइडीसीएल ७.३७, सीईडीबी हाइड्रोपावर ७.१८, जीवन विकास लघुवित्त ५.४२, एनआरएन इन्फ्रास्ट्रक्चर ४.४२, लिबर्टी इनर्जी, महुली सामुदायिक लघुवित्त र नेपाल टेलिकमको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज माउनटेन हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ३.४४ प्रतिशत गुमाएका छन् ।

पाथीभरा जाने सडक कालोपत्र हुने Read Previous

पाथीभरा जाने सडक कालोपत्र हुने

क्रिप्टोकरेन्सी नेपाली अर्थतन्त्रका लागि 'घातक' कि 'अवसर' पनि बन्न सक्छ ? Read Next

क्रिप्टोकरेन्सी नेपाली अर्थतन्त्रका लागि 'घातक' कि 'अवसर' पनि बन्न सक्छ ?