एचआइडीसीएलले पायो वित्तीय संस्थाको मान्यता, अब सहवित्तीयकरणमा सहभागी हुन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ ।

 

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको हो ।

 

राष्ट्र बैंकको दायरामा आएसँगै सहवित्तीयकरणमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँगै आयोजनाहरुमा लगानी गर्न सजिलो हुने बताइएकोछ ।नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सो संस्था स्थापना गरेको हो ।

 

कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ । संस्थाको कुल पूँजी २२ अर्ब रुपैयाँ बराबर छ ।

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन ठप्प, चिनियाँ नआउँदा अघि बढेन काम Read Previous

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन ठप्प, चिनियाँ नआउँदा अघि बढेन काम

फरवार्ड माइक्रोफाइनान्स खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Next

फरवार्ड माइक्रोफाइनान्स खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?