वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाइका लागि कल सेन्टर स्थापना

काठमाडौं । वैदेशिक रोजगारीमा जानेका गुनासो तथा प्रश्नहरुके सुनवाइ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कक्षको उद्घाटन गरेका हुन्।

 

यसअघि पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको हो।

 

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भीसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरु, दक्षिणपूर्वी एसियाली मुलुकहरु, युरोपेली तथा अमेरिकी मुलुकहरु र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पुर्‍याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो।

 

अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ।

 

यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर ९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ।

निफ्राको सेयरमा फेरि किन झुम्मिए लगानीकर्ता ? किन्नेको ओइरो लाग्दा बेच्ने शून्य Read Previous

निफ्राको सेयरमा फेरि किन झुम्मिए लगानीकर्ता ? किन्नेको ओइरो लाग्दा बेच्ने शून्य

सेयर बजारमा तेहेरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

सेयर बजारमा तेहेरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी