काठमाडौं। सिभिल बैंकले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ। बैंकका अनुसार यो बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो।
एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र इच्छयाईएको रकम सो अवधि पश्चात एकमुष्ठ पाउने छन्।
सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ। न्यूनतम मौज्दात एक हजारबाटै खाता खोल्न सकिने बैंकले जनाएको छ।
यो खाता व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुबैले संचालन गर्न मिल्ने योजना एक वर्षदेखि सात वर्ष अवधिको हुन्छ।आफ्नो मासिक आम्दानीबाट बचत गर्नसक्ने रकमलाई थौरैथौरै जम्मा गरि भविष्यको आफ्नो योजना साकार गर्न सकिने बैंकले जनाएको छ।
ग्राहकको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाइने बैंकले जनाएको छ।ग्राहकले आवश्यक परे तीन महिनापछि यो निक्षेप खाताबन्द गर्न मिल्ने वा मौज्दात रकमको ६० प्रतिशतसम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरेको जनाएको छ।