एनसीसी बैंकको साधरण सभा आज, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको दुई वर्षको वार्षिक साधरण सभा एकैसाथ आज (भदौ २३ गते) हुँदैछ । बैंकको बीसौं र एक्काइसौं वार्षिक साधारण सभा विहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा शुरु हुँदैछ ।

 

साधारण सभामा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १५.८९% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, सहायक कम्पनी स्थापना गरेर ब्रोकरको काम गर्ने, एफपीओ ल्याउन तथा धितोपत्र निक्षेप लगायतका काम गर्न बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, बैंक सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका एजेन्डा रहेका छन् ।

 

यस्तै, उपयुक्त बैंक–वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन गर्न एवं वैदेशिक रणनीतिक साझेदारी भित्रउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ ।

 

सभा प्रयोजनका लागि बैंकले साउन २६ गते बुक क्लोज गरीसकेको छ । साउन २३ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

 

हाल ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

सरकार बदलिन्छ तर, विकास भएको अर्थतन्त्र रहिरहने छः अर्थमन्त्री डा. खतिवडाको विचार Read Previous

सरकार बदलिन्छ तर, विकास भएको अर्थतन्त्र रहिरहने छः अर्थमन्त्री डा. खतिवडाको विचार

सिभिल बैंकले ल्यायो नेपालमै पहिलो पटक एन्यूटी बचत योजना Read Next

सिभिल बैंकले ल्यायो नेपालमै पहिलो पटक एन्यूटी बचत योजना