काठमाडौं । हात्ती ८ स्ट्रङ्ग बियरले ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्ज सम्पन्न गरेको छ । कम्पनीले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम आयोजना गर्दै विजेता घोषणा गरेको हो ।
उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथी’ को गीतमा नाचेर असोज १५ देखि मङ्सिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए ।
सर्वाधिक लाइक प्राप्त गरी पहिलो हुन सफल जानकीकुमारी बरालले १ लाख, दोस्रो भएकी चन्द्रकुमारी फुयाल (हजुरआमा) ले २५ हजार र तेस्रो भएकी सुरुची श्रेष्ठले १० हजार नगद जितेका छन् ।
साथै तीनै विजेताले २ जनाको लागि २ रात/३ दिनको सौराहा भ्रमणको प्याकेज पाएका छन् । यस प्रतियोगितामा नेपालका विभिन्न ठाउ“बाट आएका विभिन्न उमेर समूहका थुप्रैले बनाएको नाचेको टिकटक भिडियोहरू ३० लाख भन्दा बढी पटक हेरिएको थियो ।
हात्ती ८ बियर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत संचालित राज ब्रुअरी प्रालिद्वारा उत्पादित स्वदेशी प्रिमियम स्ट्रङ्ग बियर हो । ३३० मिलिलिटरको सानो बोतलमा उपलब्ध यो बियरमा अल्कोहलको मात्रा ८ प्रतिशत छ । हात्ती ८ प्रिमियम स्ट्रङ्ग बियर युवा पुस्ताका बियर पारखीहरु माझ अत्याधिक रुचाइएको छ ।