नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १४ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । आइतबारदेखि ओरालो लागेको बजारले आज पनि सोही यात्रा जारी राखेको हो । यससाताको ४ दिनमा नेप्से १४५ अंकले घटिसकेको छ ।

 

आज सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब बढीले घटेर सवा ४ अर्बमा सीमित भएको छ ।

 

बुधबार नेप्से ३८.४५ अंकले घटेर २७७६.३५ विन्दुमा आइपुगेको छ । आज २३३ कम्पनीको ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.४५ प्रतिशतले घटेको छ भने लगानी समूह पनि २ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २३३ कम्पनीमध्ये जम्मा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे १६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली १३ करोड र माथिल्लो तामाकोशी १० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज पोखरा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.५९ प्रतिशत गुमाएका छन् । त्यस्तै, सेन्टर फाइनान्स र मानुषी लघुवित्तका सेयरधनीले ४ प्रतिशत गुमाएका छन् ।

 

त्यसैगरी, सानीम इक्वीटी फण्ड, घलेम्ली हाइड्रोपावर, एशियन लाइफ इन्स्योरेन्स, एनआइबीएल समृद्धि फण्ड २, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन पावर, खानी खोला, कुमारी बैंकको डिबेञ्चर र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ३ प्रतिशभन्दा धेरैले घटेको छ ।

 

हात्ती ८ स्ट्रङ्ग बियरद्धारा टिकटक च्यालेन्ज सम्पन्न, विजेताले पाए १ लाख Read Previous

हात्ती ८ स्ट्रङ्ग बियरद्धारा टिकटक च्यालेन्ज सम्पन्न, विजेताले पाए १ लाख

अब भन्सार महसुल अनलाइनबाटै तिर्न सकिने Read Next

अब भन्सार महसुल अनलाइनबाटै तिर्न सकिने