काठमाडौं । डिजिटल भुक्तानी प्रदायक ई-सेवाको १३ औं वार्षिकोत्सवको अवसरमा यती एयरलाइन्सले आकर्षक अफर ल्याएको छ ।
एयरलाइन्सले विभिन्न ४ गन्तव्यको एकतर्फी टिकट १३०० रुपैयाँमै उपलब्ध गराउने भएको हो । एयरलाइन्सले विराटनगर काठमडौं, सिमरा–काठमाडौं, भैरहवा–काठमाडौं र पोखरा–काठमाडौंको एकतर्फी टिकट १३०० रुपैयाँमै दिने भएको हो ।
एयरलाइन्सका अनुसार प्रोमोकोड ‘ESEWA13’ प्रयोग गरी ती ४ गन्तव्यको टिकट काट्न सकिने छ ।
यो अफर आज (मंगलबार) एकदिनका लागि मात्र लागू हुने एयरलाइन्सले जनाएको छ ।एयरलाइन्सले यसअघि पनि विभिन्न गन्तव्यमा सस्तो टिकट अफर ल्याएको थियो ।