हाम्रो पैसाबाट बैंकले कसरी कमाउँछन् नाफा ?

काठमाडौँ । हामी सबै बैंकमा पैसा जम्मा गछौँ । त्यसको सट्टा उसले थप ब्याज दिन्छ । अर्थात् हामीलाई जम्मा गरेको पैसा बापत थप पैसा पनि दिन्छ । यसरी सोच्दा बैंकले कसरी पैसा कमाउँछ अर्थात् बैंकहरूको विजनेस मोडल के हो ?

 

बैंकमा जम्मा गरेको पैसा उसले अर्कोलाई पैसा ऋण दिन्छ । त्यस बापत उसले ब्याजदर निर्धार गर्दछ । ऋणीलाई पैसा दिए बापत उसले ब्याज लिन्छ जुन बैंकको आम्दानीको स्रोत हो ।

 

मानौँ, कुनै एउटा बैंकको तपाईंं ग्राहक हुनुहुन्छ । तपाईंले बैंकमा १०० रुपैयाँ डिपोजिट गर्नुभयो । बैंकले त्यस रकम बापत ४ प्रतिशत ब्याज तपाइलाई दिन्छ । यो पैसा अब बैंकसँग हुन्छ । अर्को व्यक्तिले घरखरिद गर्यो । त्यसपछि बैंकले त्यो व्यक्तिलाई ८ प्रतिशत ब्याजमा ऋण दिन्छ ।

 

जब दोस्रो मान्छेले बैंकलाई १०८ रुपैयाँ फिर्ता दिन्छ त्यसपछि बैंकले तपाइलाई १०४ रुपैयाँ फिर्ता दिन्छ । यहाँ अब बैंकलार्ई ४ रुपैयाँ नाफा हुन्छ । रोचक कुरा के भने तपाईं आफ्नो १०० रुपैयाँ बैंकबाट फिर्ता लिन चाहनुहुन्छ । तर बैंकसँग १०० रुपैयाँ छैन् किनकी उसले उक्त पैसा अर्को व्यक्तिलाई ऋण दिएको छ ।

 

ऋणीले समयमै फिर्ता दिएन । यस्तो अवस्थामा बैंकिङ प्रणली र त्यसप्रतिको विश्वास खस्किने तथा बैंक समस्यामा पर्न सक्छ । यद्यपि, बैंकमा एक ऋण लिने र एक डिपोजिट गर्ने व्यक्ति मात्रै हुँदैन । अर्थात् बैंकमा पैसा जम्मा गर्ने व्यक्ति धेरै हुन्छन् । हरेक जसो बैंकहरूले धेरै पैसा जम्मा गर्ने प्रयास गरिरहेकै हुन्छन् । तर, उक्त पैसा बैंकले जम्मा गरेर मात्रै राख्दैन् कर्जा बापत ऋणीहरूलाई तोकिएको ब्याजदरमा दिन्छ ।

 

यसैमा बैंकको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले एउटा नियम बनाएको छ । कुनै एउटा बैंकमा पैसा राख्र्ने व्यक्ति (निक्षेपकर्ताले) जति पैसा बैंकमा जम्मा गर्छ त्यसको (क्यास रिजर्भ रेसियो) कम्तीमा ४ प्रतिशत राख्नु पर्छ ।

 

यसका अलावा अर्को हुन्छ लिक्युडिटि रेसियो (तरलता) र निक्षेपको अनुपात ९० प्रतिशत रहेको छ । यसर्थ आजको दिन नेपालका बैंकहरूसँग कूल डिपोजिटको १० प्रतिशत मात्रै पैसा छ । बाँकी ८०–९० प्रतिशत रकम नाफा कमाउन लगानी गरेका छन् ।

 

अब के अनुमान गर्न सकिन्छ भने यसको बीच धेरै फरक छैन् । यसको मतलब यो होकी डिपोर्जिट गरेको पैसाको ८०-९० प्रतिशत बैंकले अरुलाई ऋण दिन्छ अथावा कुनै क्षेत्रमा लगानी गर्छ ।

 

सबै निक्षेपकर्ताले एकैपटक पैसा निकाल्न चाहे के हुन्छ ?

 

जब सबै निक्षेपकर्ताहरूले जम्मा गरेको पैसा एकैपटक निकाल्न चाहे के हुन्छ त ? बैंक नै क्राइसिस हुन्छ । तर, संसारका कुनै पनि बैंकिङ प्रणलीमा यस्तो सम्भव हुँदैन् । बरु बैंकले अन्धााधुन्ध र धेरै कर्जा प्रवाह गर्यो भने उक्त ऋण खराब कर्जामा परिणत हुने संभावना रहन्छ । भारतको पीएमसी र एस बैंक यसका उदाहरण हुन् । हाल भारत सरकारले ती बैंकहरूले प्रवाह गरेको खराब कर्जाको जोखिम उठाएसँगै सामान्य अवस्थामा आएका छन् ।

 

यसैगरी बैंकिङ प्रणलीमा आउने संम्भावित संकट टार्नको लागि राष्ट्र बैंकले बेला बेलामा विभिन्न रिपो लगायत सेवा मार्फत बैंकहरूलाई तरलता दिने गरेको छ । यसैगरी बैंकहरू बीचको फोर्स मर्जर पनि यसको उदाहरण हो ।

 

निक्षेप र कर्जा बीचको ब्याजदरको अन्तर (बैंकले दिने ब्याज र लिने ब्याज) रहेको हुन्छ त्यो नै बैंकहरूले नाफा कमाउने माध्यम अर्थात् उनीहरूको बिजनेस मोडल हो ।

 

यो थोरै ब्याज दिएर धेरै ब्याज लिने देशका बैंकहरूको कुरा भयो । अब न्यून ब्याजदर लिने मुलुकका बैंकहरूले चाँही कसरी नाफा कमाउँछन् त ? जस्तो कि जर्मनीमा घरकर्जाको ब्याजदर १ प्रतिशत रहेको छ । बैंकले केही कर्जाहरूमा ०.५ प्रतिशतमात्रै ब्याजदर लिने गरेका छन् । जुन ज्यादै न्यून हो । यस्तो अवस्थामा बैंकले दिने कर्जा र निक्षेपको ब्याजदर बीचको अन्तर कम रहन्छ ।

 

पहिलोत विशेषरी युरोपेली देशका बैंकहरूले बचत खातामा जम्मा गरीएको पैसाको ब्याज धेरैकम र केही बैंकहरूले नदिने गरेका छन् । दोस्रो सेवाग्राहीले बैंकमा पैसा राखे बापत बैंकलाई मासिक निश्चि रुपैयाँ चार्ज तिर्नु पर्छ । जहाँ मानिसहरूले आफ्नो पैसा बैंकलाई सुरक्षित राख्न दिए बापत पैसा दिन्छन् । यो व्यवस्था संसारभर नभएर पश्चिम युरोपका देशहरूमा रहेको छ ।

 

अब यसबाहेक संसारभरीका बैंकहरूको कमाइका दुई प्रकार रहेका छन् । पहिलो बैंकले विभिन्न सेवा दिएबापतको जुन शुल्क लिन्छ । जस्तो न्यूनतम खाता व्यवस्थापन शुल्क, एटीएम, के्रेडीट कार्ड लगायतको शुल्क । यद्यपि, यो बैंकको मुख्य आयस्रोत भने होइन् ।

 

अर्को छ बैंकको इन्भेष्टमेन्ट । बैंकहरूले सेयर मार्केट, सुन, सरकारी कोषमा लगानी गर्छन त्यो एक कमाइको स्रोत हो । यसका साथै, बैंकले आफ्नो कर्मचारी व्यवस्थापन, विभिन्न सामाजिक उत्तरदायित्व, स्रोत व्यवस्थापन, संरचना आदि व्यवस्थापनमा खर्च पनि गर्छन् ।

 

 

ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो साढे २ अर्ब, यस्तो छ वित्तीय अवस्था Read Previous

ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो साढे २ अर्ब, यस्तो छ वित्तीय अवस्था

सिभिल बैंकको कमाल, खुद नाफा अढाइ गुणाले वृद्धि, यस्तो छ वित्तीय अवस्था Read Next

सिभिल बैंकको कमाल, खुद नाफा अढाइ गुणाले वृद्धि, यस्तो छ वित्तीय अवस्था