सिभिल बैंकको कमाल, खुद नाफा अढाइ गुणाले वृद्धि, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । सिभिल बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा अढाइ गुणले बढेको छ ।

 

बैंकले चालु आवको पुस मसान्तसम्ममा ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले धेरै हो । गत वर्ष दोस्रो त्रैमाससम्म बैंकले २० करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७.०३ प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १७१.४६ प्रतिशतले बढेर ७३ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

 

८ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

खुद नाफ बढे पनि बैंकको प्रतिसेयर आम्दानी पनि झन्डै तेब्बरले बढेको छ । गत वर्ष ४.६९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ११.६६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२९.३९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.८७ गुणा, खराब कर्जा ०.९४ प्रतिशत, आधारदर ९.७४ प्रतिशत छ ।

हाम्रो पैसाबाट बैंकले कसरी कमाउँछन् नाफा ? Read Previous

हाम्रो पैसाबाट बैंकले कसरी कमाउँछन् नाफा ?

बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने Read Next

बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने