ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो साढे २ अर्ब, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा साढे २ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

 

यो गत वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 

संचालन आम्दानी, फी तथा कमिसन बढ्दा बैंकको खुद नाफामा सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत, फी तथा कमिशन आम्दानी १३.६९, संचालन मुनाफा १३.५७ प्रतिशत बढेको छ।

 

२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा ९ अर्ब २१ करोड रुपैयाँ र रिटेन अर्निङमा १ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ।

 

पुस मसान्तसम्म बैंकले २ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

खुद नाफ बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बैंकको छ । गत वर्ष २१.४० रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी बढेर २२.३९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४.९७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.५६ गुणा, खराब कर्जा १.१३ प्रतिशत, आधारदर ७.९९ प्रतिशत र स्प्रेडदर ३.५२ प्रतिशत छ ।

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध Read Previous

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हाम्रो पैसाबाट बैंकले कसरी कमाउँछन् नाफा ? Read Next

हाम्रो पैसाबाट बैंकले कसरी कमाउँछन् नाफा ?