सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

 

पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब ३ घण्टा लाग्ने छ ।

 

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

उपत्यकामा आजदेखि जोरविजोर प्रणाली Read Previous

उपत्यकामा आजदेखि जोरविजोर प्रणाली

ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो साढे २ अर्ब, यस्तो छ वित्तीय अवस्था Read Next

ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो साढे २ अर्ब, यस्तो छ वित्तीय अवस्था