उपत्यकामा आजदेखि जोरविजोर प्रणाली

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जोरविजोर प्रणाली लागू गर्ने भएको छ ।

 

काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए।

 

त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

 

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।

नबिल बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ? Read Previous

नबिल बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध Read Next

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध