नबिल बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नबिल बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८.२० प्रतिशतले बढेको छ ।

 

बैंकले चालु आवको पुस मसान्तसम्ममा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड रुपैयाँ बढी हो । गत वर्ष दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफामा दबाब पुगेको हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशतले बढेर ४ अर्ब २१ करोड पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ८.६० प्रतिशत बढेको छ । गत वर्षको सोेही अवधिको तुलनामा बैंकको इम्पेरमेन्ट चार्ज तेब्बरले बढेर ४० करोड १७ लाख रुपैयाँ पुगेको छ।

 

१८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा १५ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ।

 

पुस मसान्तसम्म बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

खुद नाफ बढे पनि बैंकको प्रतिसेयर आम्दानी ५.५३ रुपैयाँ घटेको छ । गत वर्ष २९.१२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर २३.५९ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.०६ गुणा, खराब कर्जा १.११ प्रतिशत, आधारदर ७.३९ प्रतिशत र स्प्रेडदर ३.४४ प्रतिशत छ ।

आइएमई जनरल र शिखर इन्स्योरेन्सले पाए हकप्रद जारी गर्न अनुमति, कुनको कति ? Read Previous

आइएमई जनरल र शिखर इन्स्योरेन्सले पाए हकप्रद जारी गर्न अनुमति, कुनको कति ?

उपत्यकामा आजदेखि जोरविजोर प्रणाली Read Next

उपत्यकामा आजदेखि जोरविजोर प्रणाली