आइएमई जनरल र शिखर इन्स्योरेन्सले पाए हकप्रद जारी गर्न अनुमति, कुनको कति ?

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

 

बोर्डले शिखरलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको हो । शिखरले प्रतिकित्ता १०० रुपैयाँ दरले ५२ करोड ७५ लाख ५७ हजार २०० रपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्ने भएको हो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

 

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले पनि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

 

आइएमईको हकप्रदसेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

बन्दीपुर केबलकारको लागत बढ्यो, २ अर्ब ६० करोड लगानी Read Previous

बन्दीपुर केबलकारको लागत बढ्यो, २ अर्ब ६० करोड लगानी

नबिल बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ? Read Next

नबिल बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?