पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो ।

 

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर ५ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।

 

मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

 

पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड घाटा हुने जनाइएको छ । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १०.७२ रुपैयाँ, डिजेलमा ६.३३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६.१६ रुपैयाँ घाटा छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९.६३ रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९.३ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर २२.६४ रुपैयाँ नाफा रहेको छ ।

घट्यो कोरोना परीक्षणको शुल्क, अब कति तिर्नुपर्छ ? Read Previous

घट्यो कोरोना परीक्षणको शुल्क, अब कति तिर्नुपर्छ ?

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था Read Next

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था