घट्यो कोरोना परीक्षणको शुल्क, अब कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सरकारी अस्पतालको शुल्कमा २०० र निजी अस्पतालको शुल्कमा ५०० रुपैयाँ घटाएको हो ।

 

मन्त्रालयका अनुसार अब सरकारी अस्पतालमा कोरोना परीक्षणका लागि ८०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि १ हजार रुपैयाँ तोकिएको थियो । कोरोनाको लक्षण भएकाहरुको भने सरकारी अस्पताल तथा प्रयोगशालामा निःशुल्क परीक्षण हुने मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै, अब निजी अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा १५०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क २ हजार रुपैयाँ थियो ।

चीनको फुजियानबाट कार्गो रेल पहिलोपटक युरोप जाँदै, २० दिनमा मस्को पुग्ने Read Previous

चीनको फुजियानबाट कार्गो रेल पहिलोपटक युरोप जाँदै, २० दिनमा मस्को पुग्ने

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ? Read Next

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?