चीनको फुजियानबाट कार्गो रेल पहिलोपटक युरोप जाँदै, २० दिनमा मस्को पुग्ने

सिन्ह्वा । पूर्वी चीनको फुजियान प्रान्तबाट पहिलोपटक मालबाहक रेल यरुोपका लागि छुटेकोछ । चीनको चुहान्जोबाट ४४५ टन सामग्री लिएको कार्गो रेल मंगलबार बिहान रसियाको राजधानी मस्कोको लागि छुटेको हो ।

 

उक्त  रेल २० दिनमा मस्को पुग्ने बताइएको छ। यसले मस्कोसँगको यात्रामा २५ दिन छोट्याउने छ। ‘नयाँ रेल सेवाले ढुवानी खर्चमा भारी कटौती गर्नेछ,’ चीनको मेगा सफ्टका चेन हेनहेले भने।

 

निर्यातजन्य सामग्री उत्पादनमा केन्द्रित चुहान्जोबाट २ सय बिलियन युआन बराबरको सामग्री निर्यात भएको तथ्याङ्क छ।

 

डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने, अब भाडामा बस्नेले पनि छुट्टै मिटर पाउने Read Previous

डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने, अब भाडामा बस्नेले पनि छुट्टै मिटर पाउने

घट्यो कोरोना परीक्षणको शुल्क, अब कति तिर्नुपर्छ ? Read Next

घट्यो कोरोना परीक्षणको शुल्क, अब कति तिर्नुपर्छ ?