सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५८.८७ प्रतिशतले बढेको छ ।

 

बैंकले चालू आवको पुस मसान्तसम्ममा २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

३ अर्ब १ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा ७२ करोड ८२ लाख रुपैयाँ र रिटेन अर्निङमा २० करोड ४२ लाख रुपैयाँ सञ्चित छ।

 

पुस मसान्तसम्म बैंकले ४५ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

खुद नाफ बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १२.०४ रुपैयाँबाट बढेर १७.३९ रुपैयाँमा आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३०.९७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.९८ गुणा, खराब कर्जा १.१५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत र स्प्रेडदर ४.३७ प्रतिशत छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ? Read Previous

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

डेढ अर्ब लगानीमा मौलाकाली केबुलकार निर्माण सुरू, सर्वसाधरणले सेयर पाउने Read Next

डेढ अर्ब लगानीमा मौलाकाली केबुलकार निर्माण सुरू, सर्वसाधरणले सेयर पाउने