आजदेखि २ रुपैयाँको सिक्का बजारमा, यस्ता छन् विशेषता

काठमाडौाँ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का बजारमा ल्याउने भएको छ । पुरानैै आकारमा सुनौलो रंगमा टकमरी गरिएको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउने भएको हो ।

 

बजारमा पठाउन लागिएका उक्त सिक्कामा साल २०७७ लेखिएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहेकोे छ । यसैगरी, सिक्काको माथिल्लो भागमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।

 

राष्ट्र बैंकका अनुसार सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

 

सिक्काको पछाडिपट्टि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला, आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरी चन्द्र, सूर्य, चक्र, शंख, पद्म र गधाको आकृति रहेको छ ।

 

सिक्काको बीच भागमा जानकारी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ ।

अब स्टिकर छपाइ नेपालमै हुने Read Previous

अब स्टिकर छपाइ नेपालमै हुने

अफगानिस्तानमा वित्तीय सङ्कटका कारण ५० प्रतिशत कारखानामा काम अवरूद्ध Read Next

अफगानिस्तानमा वित्तीय सङ्कटका कारण ५० प्रतिशत कारखानामा काम अवरूद्ध