काठमाडौं । अफगानिस्तानका करिब आधा कारखानाले गत वर्षको अगस्टमा तालिवान शासन स्थापना भएपछि देशमा व्याप्त आर्थिक सङ्कटका कारण आफ्नो नियमित सेवा अवरूद्ध भएको रिपोर्ट स्थानीय सञ्चारमाध्यमले बिहीबार सार्वजनिक गरेका छन् ।
‘चेम्बर अफ इन्डस्ट्री एण्ड माइन’लाई उद्धृत गर्दै टोलो न्युजद्वारा सम्प्रेषित समाचार रिपोर्ट अनुसार यी कारखानाहरूले बैंकिङ्ग समस्या र कच्चा पदार्थको अभावका साथै बजारको माग घटेका कारण काम गर्न बन्द गरेका हुन् । चेम्बरका अधिकारी मोहम्मद करीम अजीमीले भने, “बजार, बैंकिङ समस्या र बिजुलीको समस्यामा कम मागका कारण ४०–५० प्रतिशत गतिविधि रोकिएको छ ।”
कारखानाका केही मालिकहरूले आफ्नो व्यवसायिक गतिविधि सञ्चालन गर्न बिजुलीको अभावमा आफ्नो चिन्ता व्यक्त गरेका अन्य अफगानी सञ्चारमाध्यमले पनि जनाएका छन् ।आफ्नो बिजुलीको आवश्यकताको लागि अफगानिस्तान ज्यादातर मध्य एसियाली देशहरूमा निर्भर हुन्छ ।
हालै उज्बेकिस्तानले अफगानिस्तानमा बिजुली घटाएको छ र देशका अधिकारीहरूले मार्जन पावर स्टेशनमा उत्पन्न भएको प्राविधिक समस्याले गर्दा यो समस्या उत्पन्न भएको एरियाना न्युजले द अफगानिस्तान ब्रेश्ना शेरकत (डीएबीएस) को बयान उद्धृत गरी उल्लेख गरेको छ ।
अफगानिस्तानले वित्तीय समस्यासँगै कठोर मानवीय सङ्कट पार गरिरहेको हुनाले थुप्रै विकास तथा निर्माण परियोजनाहरू रोकिएका छन् ।यसबीच, तालिबानले अमेरिकी बहिर्गमनपछि आर्थिक सङ्कटग्रस्त देशमा मानवीय संकटको चिन्ताको बीचमा विदेशी सहायता बिना ‘आगामी वित्तीय वर्ष १४०१’ को लागि पहिलो वार्षिक बजेट पारित गरेको छ ।
मङ्गलबारको बैठकमा अफगानिस्तानको इस्लामिक इमिरेट्सले चालु वर्षको अन्तिम साताको बजेटको मूल्याङ्कन गर्नुका साथै वित्तीय वर्षको अवधिमा भएका परिवर्तनबारे छलफल गरेको खामा प्रेसले जनाएको छ ।एजेन्सी