विदेशिने बढे पनि रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले घट्यो

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।

 

नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको चालु आवको मंसिर महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ६.८ प्रतिशतले घटेको छ ।

 

राष्ट्र बैंकका अनुसार चालु आवको मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्ष समेही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो ।

 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

 

मंसिरसम्म अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

व्यापार घाटा ५५ प्रतिशत बढ्यो, ५ महिनामै ७ खर्ब नाघ्यो Read Previous

व्यापार घाटा ५५ प्रतिशत बढ्यो, ५ महिनामै ७ खर्ब नाघ्यो

बैंकिङ क्षेत्रमा फेरि अर्को बिग मर्जर : नबिलले बंगलादेश बैंकलाई गाभ्ने, स्वाप रेसियो कति ? Read Next

बैंकिङ क्षेत्रमा फेरि अर्को बिग मर्जर : नबिलले बंगलादेश बैंकलाई गाभ्ने, स्वाप रेसियो कति ?