एनसीसी बैंकको साधरण सभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा बिहीबार सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो ।

 

उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ८ प्रतिशत बोनस सेयर र ०.४२ गरी कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ । सभाबाट पारित ८ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ ।

 

त्यस्तै, साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

 

बैंकले हाल देशभरका १३७ शाखा कार्यालय, १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

उपत्यकामा ४ फ्लाइओभर बन्दै, २ वटाको काम सुरू, कुनको कति भयो ? Read Previous

उपत्यकामा ४ फ्लाइओभर बन्दै, २ वटाको काम सुरू, कुनको कति भयो ?

व्यापार घाटा ५५ प्रतिशत बढ्यो, ५ महिनामै ७ खर्ब नाघ्यो Read Next

व्यापार घाटा ५५ प्रतिशत बढ्यो, ५ महिनामै ७ खर्ब नाघ्यो