क्लासिक टेकले ल्यायो नेपालकै उच्च गतिको इन्टरनेट, यस्तो छ प्याकेज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक उच्च गतिको (१ जीबीपीएस) इन्टरनेट प्याकेज ल्याएको छ । कम्पनीले यसअघि नै घोषणा गरिसकेको ‘टाक्यन’ प्याकेज बजारमा ल्याएको हो ।

 

फेसबुक लाइभ मार्फत नयाँ ब्राण्ड एम्बासेडर बिपिन कार्की द्वारा उक्त प्याकेज सार्वजनिक गरिएको हो । कम्पनीको उद्देश्य उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँघरमा पुर्याउने रहेको छ ।

 

टाक्एन प्याकेजमा 150mbps,225mbps ,325mbps,625mbps र 1000mbps को विभिन्न प्याकेज हरु समायोजन गरिएको छ। १५० देखि १००० एमबीपीएस सम्मको प्याकेज क्लास्सिकको वेबसाइटमार्फत लिनसकिने छ । पछिल्लो समय बढ्दै गएको इन्टरनेटको प्रयोग र मागलाई मध्येनजर गर्दै टाक्एन प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

 

कम्पनीका अनुसार १ जीबीपीएस गतिको इन्टरनेट प्याकेजमा तीन ओटा आईपीटीभी समेत राखिएको छ । जसका लागि वार्षिक मूल्य ४७ हजार ९८८ रुपैयाँ राखिएको छ । यो प्याकेजमा मासिक ३ हजार ९९९ रुपैयाँ पर्नेछ । प्याकेजमा इन्स्टलेसन, एफटीटीएच केबल र डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

 

सन् २००९ देखि इन्टरनेट सेवा सुरु गरेको क्लासिकले हाल देशका ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जाँदा क्लास्सिक टेक्ले कम मूल्यमा उच्च गतिको इन्टरनेट देशको सबै गाउँ र सहर मा सेवा दिँदैआएको छ ।

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बोनस सेयर बढ्यो, नगद घट्यो Read Previous

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बोनस सेयर बढ्यो, नगद घट्यो

नेपालको पासपोर्ट विश्वकै कमजोरको सूचीमा, यी हुन् विश्वका शक्तिशाली १० पासपोर्ट Read Next

नेपालको पासपोर्ट विश्वकै कमजोरको सूचीमा, यी हुन् विश्वका शक्तिशाली १० पासपोर्ट