प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बोनस सेयर बढ्यो, नगद घट्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि घोषणा गरेको कुल लाभांश परिपर्तन नगरे पनि बोनस सेयर र नगद लाभांश भने परिमार्जन गरेको हो ।

 

इन्स्योरेन्सले यसअघि ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांशदिने घोषणा गरेको थियो । त्यसलाई संशोधन गर्दै अब १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७५ प्रतिशत नगद दिने भएको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

 

वित्तीय अस्थिरताका कारक : अदूरदर्शी नियामक र नाफामुखी बैंक Read Previous

वित्तीय अस्थिरताका कारक : अदूरदर्शी नियामक र नाफामुखी बैंक

क्लासिक टेकले ल्यायो नेपालकै उच्च गतिको इन्टरनेट, यस्तो छ प्याकेज Read Next

क्लासिक टेकले ल्यायो नेपालकै उच्च गतिको इन्टरनेट, यस्तो छ प्याकेज