गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने

काठमाडौं । बतास अर्गनाइजेशनले आफ्नोविरुद्ध संचारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बुधबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

 

बतास समूहले आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै गैरकानुनी काम नगरेको दाबी गरेको छ । समूहले गैरकानुनी काम गरेको भए कारबाही गर्न सरकारलाई चुनौती पनि दिएको छ ।

 

समूहले आफूमाथि गरेको अन्याय र अपराधबारे आमजनमानसलाई जानकारी गराइदिन सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ।

 

सरकारले सम्पूर्ण सम्झौता एकमुष्ठ खारेज गरे पनि आफूलाई कुनै आपत्ति नहुने तर अहिलेसम्म गरिएको लगानी र त्यसको उचित क्षतिपूर्ति दिनुपर्ने बताएका हुन्। समूहले नारायणहिटी दरबार परिसरको क्याफ्टेरिया सहित विभिन्न स्थानमा कानूनी प्रक्रिया पूरा गरेरै सरकारसँग सम्झौता गरिएकाले अहिले विवाद निम्त्याउनुको अर्थ नभएको बताएको छ।

 

‘जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरू सहित सो संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ अहिलेसम्म तीन करोडभन्दा बढी लगानी गरिसकेको अवस्थामा बतास अर्गनाइजेशनमाथि गैरकानूनी ढंगले जे–जसरी आक्रमण गर्ने र भौतिक संरचनाहरू समेत नष्ट गर्ने काम भयो, यो हामीमाथि राज्यले गरेको अन्याय र अपराध हो,’ विज्ञप्तिमा भनिएको छ। अर्गनाइजेशनले सेटिङमा सम्झौता गरिएको भन्ने आरोपको खण्डन गरेको छ।

 

यस्ता छन् बतास अर्गनाइजेशनले राखेको ७ बुँदे स्पष्टीकरण

 

 

‘खल्ती’ प्रयोगकर्तालाई वर्ल्डलिंकका १४ हजार हटस्पटमा १०० जीबीको वाइफाइ 'फ्री' Read Previous

‘खल्ती’ प्रयोगकर्तालाई वर्ल्डलिंकका १४ हजार हटस्पटमा १०० जीबीको वाइफाइ 'फ्री'

यती एयरलाइन्सका यात्रुले पठाओ चढ्दा २० प्रतिशत छुट पाउने Read Next

यती एयरलाइन्सका यात्रुले पठाओ चढ्दा २० प्रतिशत छुट पाउने