‘खल्ती’ प्रयोगकर्तालाई वर्ल्डलिंकका १४ हजार हटस्पटमा १०० जीबीको वाइफाइ ‘फ्री’

काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘खल्ती मा १०० जीबी’ अफर ल्याएको छ । जस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४ हजार हटस्पटहरुमा १०० जीबी फ्री वाइफाइ ३० दिनको प्रयोग गर्न सक्नेछन्।

 

१०० जीबी फ्री वाइफाइ एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ। रजिस्टर गरे पश्चात खल्ती एपको ‘पपुलर सर्भिसेस’ मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्री वाईफाई’ मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्री वाइफाइ प्रयोग गर्न सकिनेछ।

 

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आइडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आइडी भने एउटै हुनुपर्नेछ। यो अफर पुस २७ देखि माघ २६ गतेसम्म लागू हुनेछ। यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४ हजारभन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ।

 

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरि ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

 

यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।

निफ्राको सेयरमा किन एकाएक झुम्मिए लगानीकर्ता ? Read Previous

निफ्राको सेयरमा किन एकाएक झुम्मिए लगानीकर्ता ?

गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने Read Next

गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने